
काठमाडौं, साउन ७ । नेपाली कांग्रेस, माओवादी केन्द्र र मधेशी मोर्चाले प्रधानमन्त्रीविरुद्ध संसदमा दर्ता गरिएको अविश्वासको प्रस्ताव फिर्ता नलिने प्रष्ट गरेका छन् ।
उनीहरुले एकजुट भएर प्रस्ताव पारित गर्नेमा सहमति जनाएका छन् । सिंहदरवारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा बसेको कांग्रेस, माओवादी र मधेसी मोर्चाको संयुक्त बैठकले अविश्वासको प्रस्ताव पारित गराएरै छाड्ने निर्णय गरेको हो ।
प्रधानमन्त्रीविरुद्ध संसदमा दर्ता भएको अविश्वासको प्रस्ताव फिर्ता नलिने प्रष्ट गर्दै त्यसमा मधेशी मोर्चाले पनि सघाउने बचन दिएको छ ।
माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठका अनुसार अविश्वास प्रस्ताव पारित गराउने सन्दर्भमा कांग्रेस र माओवादीसँग मधेसी मोर्चा आवद्ध दलहरुको पूर्ण सहयोग र समर्थन रहने भएको छ ।
अविश्वास प्रस्तावको प्रक्रिया पूरा भइसकेपछि ठोस एजेण्डासहित प्रमुख दलको बैठक फेरि बस्ने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्