
फाइल फोटो
काठमाडौं, साउन ७। प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध व्यवस्थापिका–संसदमा अविश्वासको प्रस्ताव पेस भएको छ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र तेस्रो ठूलो दल नेकपा माओवादी केन्द्रलगायत दलका तर्फबाट प्रधानमन्त्री ओलीविरुद्ध गत असार २९ गते संसदमा अविश्वासको प्रस्ताव दर्ता भएको थियो ।
नेपालको संविधानको धारा २९८ को उपधारा १३ एवं व्यवस्थापिका–संसद नियमावली, २०७३ को नियम १६० को उपनियम ४ बमोजिम माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अविश्वासको प्रस्ताव सदनसमक्ष पेस गरेका हुन् ।
सो प्रस्तावमा २८१ सांसदको हस्ताक्षर रहेको सभामुख ओनसरी घर्तीले जानकारी गराइन् । रासस
प्रतिक्रिया दिनुहोस्