
काठमाडौं, वैशाख १२ । साताको अन्तिम दिन बिहीबार पनि सेयरबजारमा सुधार जारी रह्यो । नेप्से १३ सयनजिक पुग्यो ।
यसदिन बजार परिसूचक दोहोरो अंकले उकालो लाग्यो भने कारोबार पनि डेढ अर्बनजिक पुग्यो ।
उतार–चढावबीच नेप्से १३ अंक बराबरले उकालो लागेर १२ सय ९२ पुग्यो ।
यसदिन सबै समूह सकारात्मक रहे । जीवनबिमा समूह सबैभन्दा उच्च ८९ अंकले उकालो लाग्यो । निर्जीवन बिमा समूहमा पनि ७४ अंकको वृद्धि आयो । विकास बैंक समूह ४५ अंकले बढ्यो । होटल, उत्पादनमूलक, वाणिज्य बैंक, लघुवित्त समूह पनि दोहोरो अंकले सकारात्मक रहे ।
यसदिन नेपाल स्टक एक्सचेन्जमा १७६ कम्पनीका ४५ लाख २२ हजार कित्ता सेयर एक अर्ब ३६ करोड रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्