
काठमाडौं, साउन ७ । ओभर द काउन्टर बजार (ओटीसी) कारोबार शुल्कमा व्यापक कटौती गरिएको छ ।
कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएका तर सूचीकरण नभएका पब्लिक लिमिटेड कम्पनीका धितोपत्रहरुको कारोबार हुने ओटीसी बजारको कारोबार प्रबद्र्धन गर्न कारोबार शुल्क ९० प्रतिशतसम्म घटाइएको धितोपत्र बोर्डले जानकारी गराएको हो ।
नेप्सेबाट प्राप्त शुल्क पुनरावलोकन प्रस्तावमा बोर्डलाई बुझाउनुपर्ने शुल्क यथावत राखी अन्य शुल्क ८५ प्रतिशतदेखि ९० प्रतिशतसम्म घटाउने गरी स्वीकृति प्रदान गरिएको बोर्डले जनाएको छ ।
२५ हजारसम्मको कारोबारमा धितोपत्र बजारलाई बुझाउनुपर्ने २ प्रतिशत शुल्कलाई घटाएर शून्य दशमलव दुई शून्य प्रतिशतमा झारिएको छ ।
यस्तै, २५ हजार एकदेखि ५० हजारसम्मको कारोबारमा डेढ प्रतिशत शुल्क लाग्नेमा शून्य दशमलव एक आठ र ५० हजार एकभन्दा माथि १ प्रतिशत लाग्दै आएकोमा शून्य दशमलव एक पाँच प्रतिशतको व्यवस्था गरिएको बोर्डले जनाएको छ ।
हालको शुल्कको कटौतीले ओटीसी बजार क्रियाशील भइ समष्टिगत् पुँजीबजार अभिबृद्धि हुने बोर्डको अपेक्षा रहेको छ ।
प्रतिक्रिया दिनुहोस्