
काठमाडौं, साउन ७ । बजेटसँग आश्रित विधेयकहरु व्यवस्थापिका–संसदबाट अस्वीकृत भएसँगै बजेट के हुन्छ ? भन्ने अन्यौल बढेको छ ।
संसदबाट विनियोजन विधेयक पारित भएर राष्ट्रपतिबाट प्रमाणीकरण भैसकेको अवस्थामा त्यसमा आश्रित तीनओटा विधेयक संसदबाट अस्वीकृत भयो ।
वरिष्ठ अर्थविद् डा.चन्द्रमणि अधिकारी भने बजेटसम्बन्धी मुख्य विधेयक पारित भैसकेकाले स्रोत रहुन्जेल सरकारलाई खर्च गर्न अप्ठेरो नहुने बताउँछन् ।
कर तथा राजश्वको दर परिवर्तनका लागि पनि सरकारले सूचित आदेश जारी गरेर उठाउनसक्ने उनको भनाइ छ ।
भिडियो हेर्नुहोस्
प्रतिक्रिया दिनुहोस्