Logo १४ असार २०८३, आइतबार | Sun Jun 28 2026


सप्तकोसीमा पानीको बहाव बढ्यो, भारतले बाँध नखोल्दा खतरा


0
Shares

सुनसरी, साउन ८ । लगातारको बर्षासंगै सप्तकोसी नदीमा पानीको बहाव बढेको छ । नदीमा पानीको बहाव बढेर पूलसम्म पुग्दा समेत भारतले बांध नखोल्दा बाढीले आसपासका गाउं विकास समितिमा कटान सुरु गरेको छ ।

अहिले सप्तकोसीका ५६ मध्ये २२ वटा मात्र ढोका खोलिएका छन् । सप्तकोशीमा आज पानीको बहाव बढेर २ लाख १० हजार ३५ क्यूसेक प्रती सेकेन्ड पुगेको छ ।

नदीमा प्रतिसेकेण्ड १ लाख ५० हजार क्युसेक पानी नाघेपछि खतरा मानिदैं आएको छ । पानीको बहाव बढेसंगै उदयपुर, सुनसरी र सप्तरीका डेढ दर्जन बासिन्दाहरु बाढीको उच्च जोखिममा परेका छन् ।

बाढीले पूर्वी तटबन्दनमा कटान सुरु गरेपछि कोशी प्रभावित क्षेत्रका वासिन्दा त्रसित भएका छन् । यस बर्ष सप्तकोसीमा सबैभन्दा बढी पानीको बहाव ३ लाख ३६ हजार क्यूसेक पुगेको थियो ।

पूर्वी पहाडी जिल्लाहरुमा लगातार बर्षा हुन थालेपछि नदीमा पानीको बहाव बढ्ने क्रम जारी रहेको छ ।

उता, कोशी पीडित संघर्ष समितिले भने सप्तकोशीमा बाढी आउंदा समेत भारतले कोशी व्यारेजका सबै ढोका नखोल्दा बर्षादको तीन महिना त्रासमा बस्नु परेको भन्दै व्यारेजको सबै ढोका खोल्न भारत सरकारसंग आग्रह गरेका छन् । व्यारेज नेपालमा भएपनि यसको नियन्त्रण भने भारत सरकारले गर्दै आएको छ ।