Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


१० टन भन्दा बढी भार बोक्ने कन्टेनरलाई सडकमा गुड्न रोक


0
Shares

रसुवा, साउन ८ । पासाङल्हामु राजमार्गमा संचालनमा रहेका कंन्टेनरहरुले १० टन भन्दा बढी भार बोक्न स्थानिय प्रशासनले रोक लगाएको छ ।

रसुवा सडकखण्ड अन्तर्गत रहेको ग्राङ–मूलखर्क, खोपाङभिर, सानु भार्खु लगायत क्षेत्रमा पहिरोको जोखिम बढदै गएकाले १० टनभन्दा बढी सामान बोेकेका सवारी साधन वर्षायामभर नचलाउन प्रशासनले रोक लगाएकोे प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद अधिकारीले जानकारी गराए ।

हाल दैनिक सार्वजनिक यातायातका साधन सँगै चिनको केरुङबाट सामाग्री ढुवानी गर्दै आएका सयौ कन्टेनरहरु जोखिम मोलेरै भएपनि आवातजावत गरिरहेका छन ।

बिगतमा कन्टेनरहरुले १७ देखि २० टनसम्म सामान ढुवानी गर्ने गरेका थिए । बर्षायाम लागेसँगै पासाङल्हामु राजमार्ग अन्तर्गतका सडकखण्डमा जोखिम बढेसँगै सवारी साधन गुडाउन असहज हुदै आएको चालकहरुले बताएका छन् ।

एक लेनको सडकमा क्षमताभन्दा बढी सामान मालबाहक कन्टेनरहरुले ढुवानी गर्दा सडक भासिन गई दैनिक सडक अबरुद्ध हुन थालेको छ ।

Skip This