
म्याग्दी, साउन ८ । म्याग्दीको भकिम्ली गाविस वडा नं ९ तोराखेतमा बुधवारदेखि झरेको पहिरो विकराल बन्दै गएको छ ।
पहिरोले गर्दा तोराखेत गाउँ नै विस्थापित भएको छ भने बगरफाँटका ३० भन्दा बढी घरधुरी उच्च जोखिममा परेको छ ।
सदरमुकाम बेनीदेखि भकिम्ली, वरंजा, सुर्केमेला जाने मोटरवाटो पनि पहिरोले पुरेको छ । सो सडकमा यातायात अवरुद्ध हुुनुुका साथै पैदल हिड्न पनि रोक लगाइएको छ ।
पहिरो गाउँतिर सोझिन थालेकोले स्थानीयले उच्च सतर्कता अपनाएका छन् । पहिरो ४८ घण्टादेखि निरन्तर खसिरहेको हो ।
म्याग्दी नदीको कटानबाट गाउँलाई जोगाउन गाउँको पुछारमा तटबन्ध गरिएको छ । त्यस्तै पहीरोले खानेपानीको पाईप बगाउँदा बेनी नगरपालिका ४ बगरफाँटमा खानेपानीको हाहाकार भएको छ ।
प्रतिक्रिया दिनुहोस्