
काठमाडौं, वैशाख १२ । राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले आयोगको क्षेत्राधिकारसम्बन्धी संशोधन विधेयक जस्ताको तस्तै पारित भए नागरिकका हक, अधिकार खतरामा पर्ने बताएका छन् ।
बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा शर्माले सरकारले आयोगको क्षेत्राधिकार खुम्च्याउन खोजेको आरोप लगाए ।
वर्तमान सरकारले कसलाई कसरी आफ्नो पकडमा राख्न सकिन्छ भन्ने कुरा स्थापित गरेको उनको भनाइ थियो ।
उनले विधयेक पारित हुनुभन्दाअगावै आयोगले सरकारमा पेस गरेको संशोधन र सरकारले तयार पारेको संशोधन विधयेकमाथि छलफल गर्न सकिने पनि बताए ।
कार्यक्रममा विश्व सम्बन्ध परिषद्का अध्यक्ष हेमन्त खरेलले मानवअधिकार आयोगको क्षेत्रीय कार्यालय खोल्न पाउने अधिकारसमेत संशोधन विधयेकले हटाएको भन्दै त्यसले आयोगको काम–कारबाहीमासमेत असर पार्ने बताए ।
प्रतिक्रिया दिनुहोस्