२७ बैशाख २०८२, शनिबार | Sat May 10 2025


एउटा प्रधानमन्त्री फेर्न र सपथ दिलाउन नसक्ने कस्तो संविधान हामीले बनायौं : लेखक


0
Shares

                                                         फाइल फोटो
काठमाडौं, साउन ८ । नेपाली कांग्रेसका नेता रमेश लेखकले प्रधानमन्त्रीविरुद्धको अविश्वासको प्रस्तावकाबारेमा संवैधानिक र कानुनी प्रश्न उठेपनि यसको छिनोफानो राजनीतिक निर्णयका आधारमा हुनुपर्ने आवश्यकता औंल्याएका छन् ।

व्यवस्थापिका–संसदमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रसहितका दलहरुले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि संसदको विश्वास छैन भनी शुक्रबार प्रस्तुत् गरेको अविश्वासको प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले सो कुरा व्यक्त व्यक्त गरेका हुन् ।

नेपालको संविधानको धारा २९८ को उपधारा (१३) एवं व्यवस्थापिका–संसद नियमावली, २०७३ को नियम १६० को उपनियम (४) बमोजिम प्रस्तुत् उक्त अविश्वासको प्रस्तावमाथिको छलफल सदनमा जारी छ ।

‘संसदीय प्रणाली भनेको संसदले कार्यकारी प्रमुख बनाउँछ, हटाउँछ, अर्काे बनाउँछ’ भन्दै नेता लेखकले ‘संविधान निर्माणका समयमा नायकको भूमिका निर्वाह गरेका तत्कालीन संविधानसभाका अध्यक्षबाट अर्काे प्रधानमन्त्री बन्ने प्रावधान छैन भनेर सदनमा वक्तव्य दिँदै संविधानको कस्तो व्याख्या गर्नुभएको ?’ भनी प्रश्न गरे ।

‘संसदीय प्रणाली भएको मुलुकमा प्रधानमन्त्री बनाउन सक्दैन भनेर मुलुकलाई कतातिर लैजान खोजिएको हो ?’ भनी प्रश्न गर्दै उनले ‘इतिहास निर्माण गर्ने थलोकारुपमा रहेको संसदलाई मर्यादित बनाउने पक्षमा हामीले काम गर्नुपर्छ कि पर्दैन’–भने ।

‘संसदको प्रमुख काम भनेकै सरकार बनाउने, सरकार फेर्ने, कानुन बनाउने र बजेट प्रस्तुत् गर्ने मुख्य जिम्मेवारी हो’ भन्दै नेता लेखकले ‘एउटा प्रधानमन्त्री फेर्न र सपथ दिलाउन नसक्ने कस्तो संविधान हामीले मुलुकलाई दिएका छौं त’ भनी ब्यंग्य गरे ।

‘नेपालको संविधानले प्रधानमन्त्री चयनको विषयमा धारा र अनुसूचीमा प्रस्ट व्यवस्था रहेको बताउँदै उनले संविधान कार्यान्वयन, भूकम्पपछिको पुनःनिमाण, शान्ति–प्रक्रिया र संक्रमणकालीन न्यायको विषयमा प्रधानमन्त्रीले काम गर्न नसकेकाले अविश्वासको प्रस्ताव दर्ता गराएको हो’–भने ।

प्रधानमन्त्री केपी शर्मा ओलीको दम्भ र घमन्डले सहयात्रीकारुपमा रहेको नेकपा माओवादी केन्द्रले सरकारबाट फिर्ता आएको बताउँदै नेता लेखकले ‘संविधान कार्यान्वयनका लागि संविधानले परिकल्पना गरेका संयन्त्र बनाउनुपर्नेमा आजसम्म कतिओटा संयन्त्र र कानुन बनाउनुभयो ?’ भनी प्रश्न गरे । बैठक जारी छ । रासस