Logo ८ बैशाख २०८३, मंगलबार | Tue Apr 21 2026


गोरखामा फेरि भूकम्पीय धक्का


0
Shares

काठमाडौं, साउन ८ । गोरखाको अश्राङ गाविस आसपास केन्द्रबिन्दू भएर शनिबार बिहान ११ बजेर ५९ मिनेट जाँदा ४.१ म्याग्निच्यूडको पराकम्पन आएको खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

शुक्रबार काठमाडौंको कीर्तिपुर आसपास केन्द्रबिन्दू भएर ३.७ म्याग्निच्यूडको पराकम्पन आएको थियो । दुईसाता बढीदेखि रोकिएको पराकम्पन आउनेक्रम पुनः सुरु भएको छ ।

यसअघि, असार २२ गते दोलखा केन्द्रबिन्दू भएर ४.१ म्याग्निच्यूडको पराकम्पन आएको थियो ।

‘गोरखा भूकम्प’को पराकम्पन लामो समयको अन्तरपछि पुनः बाक्लिएको केन्द्रका प्रमुख लोकविजय अधिकारीले राससलाई जानकारी दिए ।

अघिल्लो वर्ष वैशाख १२ को गोरखा भूकम्पपछि हालसम्म चार म्याग्निच्यूडभन्दा माथिका ४६६ ओटा पराकम्पन आएको केन्द्रले जनाएको छ । रासस