काठमाडौं, साउन ८ । सामुदायिक प्रहरी सेवा नयाँबानेश्वरले त्यस क्षेत्रबाट एसएलसी उत्तीर्ण गर्ने विद्यार्थीलाई शनिबार सम्मान गरेको छ ।
बानेश्वरमा स्थायी बसोबास गरी एसएलसीमा राम्रो अंक ल्याएर उत्तीर्ण हुने विद्यार्थीलाई मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मीले सम्मानित गरे ।
उनले शिक्षा लिनुमात्र ठूलो कुरा नहुने भन्दै गुणस्तरीय शिक्षा प्राप्त गर्नु अहिलेको आवश्यकता भएकाले व्यवहारिक शिक्षा लिनुपर्नेमा जोड दिए ।
उनले अहिलेका युवाको चरित्रबाट राष्ट्रिय चरित्र निर्माण हुने भएकाले समाजमा असल पुस्ताको आवश्यकता रहेको बताए ।
कार्यक्रममा सहभागीहरुले शिक्षाका नाममा व्यापारिकीकरण बढ्दै गएको भन्दै चिन्ता व्यक्त गरेका थिए ।









प्रतिक्रिया दिनुहोस्