२८ बैशाख २०८२, आइतबार | Mon May 12 2025


राप्रपा पनि सरकारबाट बाहिरियो, ओलीको विपक्षमा मतदान गर्ने


0
Shares

                                                                          फाइल फोटो

काठमाडौं, साउन ८ । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई पार्टीले दिँदै आएको समर्थन फिर्ता लिएको छ ।

पार्टीका वरिष्ठ नेता पशुपतिशम्शेर राणाको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय चाबहिलमा शनिबार बसेको बैठकले पार्टीका तर्फबाट सरकारमा सहभागी दुई मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको पार्टीका सहप्रवक्ता किरण गिरीले जानकारी दिए ।

राप्रपाबाट श्रम तथा आपूर्तिमन्त्रीको जिम्मेवारी दीपक बोहोरा र वाणिज्य मन्त्रालयको नेतृत्व जयन्त चन्दले सम्हाल्दै आएका थिए ।

बैठकले व्यवस्थापिका–संसदमा टेबल गरेको अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्न पार्टीको विधानअनुसार संसदीय दललाई निर्देशन दिने निर्णय गरेको छ ।

उक्त पार्टीबाट व्यवस्थापिका–संसदमा १२ जना सांसदले प्रतिनिधित्व गरेका छन् । रासस