२८ बैशाख २०८२, आइतबार | Mon May 12 2025


एमालेकै शीर्ष नेताबाट सरकारको विरोध, संसदमा आरोप–प्रत्यारोप (भिडियोसहित)


0
Shares

सरोज अधिकारी/मिलन भण्डारी (इमेज)
काठमाडौं, साउन ८ । व्यवस्थापिका–संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको अविश्वास प्रस्तावमाथिको छलफलमा भाग लिँदै शनिबार दलहरुले एक–अर्कामा आरोप–प्रत्यारोप गरेका छन् ।

एमालेकै शीर्ष नेताहरुसमेत सरकारको बचाऊमा देखिएनन् ।

अविश्वास प्रस्तावबारेको छलफलमा भाग लिँदै एमाले नेता माधवकुमार नेपालले केपी ओली नेतृत्वको सरकारलाई गुट विशेषको भनी टिप्पणी गरे ।

सरकारप्रति असन्तुष्टि पोख्दै नेता नेपालले सरकारी संयन्त्रहरुमा अतिराजनीतिककरण भएको र त्यसमा पनि यो सरकारको पालामा गुटकरण भएको आरोप लगाए ।

नेता नेपालले आर्थिक विधेयकहरु पारित गरेरमात्र अविश्वासको प्रस्ताव ल्याएको भए राम्रो हुने भन्दै अविश्वास प्रस्तावका सबै आरोप भने सही नभएको बताए ।

उनले हतारमा अविश्वास प्रस्ताव ल्याउनुभन्दा पनि सहमतीय सरकार गठनमा ध्यान दिनुपथ्र्यो भने ।

बैठकमा कांग्रेस र माओवादी केन्द्रका सांसदहरुले पूर्वसभामसुख सुवास नेम्वाङले संसदमा संविधानको भावनाविपरीत अभिव्यक्ति दिएको भन्दै विरोध जनाएका थिए ।

उनीहरुले सरकार अल्पमतमा परेपछि स्वत नयाँ सरकार बन्ने व्यवस्था संसदीय शासन प्रणालीको मुटु भएको उल्लेख गरे ।

कांग्रेस संसद रमेश लेखकले संसदमा बहुतमले अस्विकार गरेपछि सरकार स्वतः फेरिने जिकिर गरे ।

उनले सरकार गठनको विषय संविधान र संसद नियमावलीमा प्रस्ट उल्लेख भएको बताए ।

माओवादी केन्द्रका नेता राम कार्कीले पहिलो संविधानसभा संविधान नबनाइ भत्काउन सहयोग पुर्‍याउने पूर्वसभामुख नेम्वाङले संविधान र संसदीय मर्यादाविपरीत भएको आरोप लगाए ।

लगातार संसद बैठक बहिस्कार गर्दै आएका मधेसी दलहरु पनि शनिबारको बैठकमा सहभागी थिए ।

बैठकमा तराई मधेस लोकतान्त्रिक पार्टीका नेता सर्वेन्द्रनाथ शुक्लाले संसदको बहुमतले पनि हटाउन नसक्ने सरकार कस्तो हो भनी प्रश्न गरे ।

उनले संविधान अपूर्ण छ भनेर मोर्चाले उठाएको विषय पुष्टि हुँदै गएको दाबी पनि गरे ।

संसदमा एमाले नेता बामदेव गौतमले पनि सत्ता हस्तान्तरण गर्ने सहमति भएकै हो भन्दै पुष्पकमल दाहालले सरकार छोड्न भने हतार गरेको बताए । (विस्तृत भिडियोमा हेर्नुहोस्)

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्