२८ बैशाख २०८२, आइतबार | Mon May 12 2025


फोरम लोकतान्त्रिकले पनि सरकार छाड्यो


0
Shares

                                                                  फाइल फोटो
काठमाडौं, साउन ८ । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले पनि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई आफ्नो पार्टीले दिँदै आएको समर्थन फिर्ता लिएको छ ।

शनिबार राजधानीमा बसेको पार्टी संसदीय दलको बैठकले ओली सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको प्रमुख सचेतक एकेन्द्र चौधरीले हामीलाई जानकारी दिए ।

उनले मन्त्रीहरुले प्रधानमन्त्री ओलीलाई राजीनामापत्र बुझाएकोसमेत बताए ।

फोरम लोकतान्त्रिकबाट अध्यक्ष विजयकुमार गच्छदार उपप्रधानमन्त्री र रामजनम चौधरी स्वास्थ्यमन्त्री थिए ।

त्यस्तै, मुस्ताक आलम स्वास्थ्य राज्यमन्त्री थिए ।

व्यवस्थापिका–संसदमा फोरम लोकतान्त्रिकका १४ जना सांसद छन् ।