२८ बैशाख २०८२, आइतबार | Mon May 12 2025


अविश्वास पल्लाभारी: पक्षतिर ‘३७०’ सांसद, आज मतदान


0
Shares

काठमाडौं, साउन ९ । व्यवस्थापिका संसदको भारी बहुमतले प्रधानमन्त्री निर्वाचित केपी शर्मा ओलीविरुद्धको अविश्वास प्रस्ताव पनि भारी बहुमतले पारित हुने देखिँदै छ ।

सत्तासाझेदार मधेसी जनअधिकार फोरम लोकतान्त्रिक, राष्ट्रिय प्रजातन्त्र पार्टीसहितका दलले प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय शनिवार गरेपछि ओलीको विपक्षमा पल्लाभारी बन्दै गएको हो। अविश्वास प्रस्तावमा प्रधानमन्त्रीको जवाफ र निर्णयार्थ मतदान आइतबार हुँदैछ।

नेपाली कांग्रेससहित १३ दलको समर्थनमा असार २९ गते संसदमा दर्ता अविश्वास प्रस्तावका पक्षमा झन्डै ३ सय ७० मत पर्ने नेताहरुको दाबी छ । प्रस्तावमाथि छलफलपछि आइतबार हुने मतदानमा ओलीविरुद्ध कम्तीमा ३ सय ६७ मत पर्ने कांग्रेस नेता विमलेन्द्र निधिले बताए ।

संसदमा १९ दलले अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने कांग्रेस, माओवादीसहितका दललाई जानकारी गराइसकेका छन् ।

यस अनुसार प्रस्तावका पक्षमा अतहर कमाल मुसलमानसहित कांग्रेसका २ सय ७ माओवादी केन्द्रका ८३ सांसद छन् । माओवादी सांसद ओनसरी घर्ती सभामुख रहेकाले केन्द्रका तर्फबाट ८२ मत मात्र पर्नेछ । कांग्रेस महामन्त्री शंशाक कोइराला र नेता नरहरी आचार्य अस्वस्थ्य रहेकाले मतदानमा सहभागी हुने–नहुने निश्चित छैन् ।

त्यस्तै संघीय समाजवादी फोरम नेपाल, १५, मधेस जनअधिकार फोरम लोकतान्त्रिक १४, राष्ट्रिय प्रजातन्त्र पार्टी १२, तराई मधेस लोकतान्त्रिक पार्टी नेपाल, नेकपा संयुक्त, तराई मधेस समाजवादी पार्टीका ३ ३ सांसद छन् ।

-नागरिक दैनिकबाट