
काठमाडौं, वैशाख १२ । अपांगतामैत्री संरचना निर्माणको माग गर्दै बिहीबार अपांगता भएका व्यक्तिहरुका लागि स्वावलम्बन जीवनपद्धति केन्द्रले सरकारलाई ज्ञापनपत्र बुझाएको छ ।
केन्द्रका प्रतिनिधिहरुले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय पुगेर अपांगता भएका व्यक्तिहरु बिनाअवरोध र सहज वातावरणमा आफूले चाहेको स्थानमा पुग्नसक्ने संरचना निर्माण गर्न ध्यानाकर्षण गराएका हुन् ।
नीतिगत र कानुनी प्रावधानहरु हुँदा–हुँदै पनि मानव निर्मित भौतिक संरचना अपांगतामैत्री नरहेको उनीहरुको गुनासो छ ।
यसैगरी, विद्युतीय रेल, मोनोरेल, फास्टट्रयाक, आकाशेपुल र दिगो सहरी यातायातअन्तर्गत्का योजनाहरु अपांगतामैत्री हुनुपर्ने माग गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्