
काठमाडौं, साउन ९ । संसदमा अविश्वासको प्रस्तावमाथि मतदानको तयारी भइरहेका बेला राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक परामर्श सुरु गरेकी छिन् ।
यसक्रममा उनले आज विहान नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल गरेकी हुन् ।
भेटमा राष्ट्रपति भण्डारीले नयाँ सरकारको प्रक्रिया नै सुरु नभइ राष्ट्रपतिको संस्थालाई विवादमा मुछ्न खोजेकामा नेताहरुसँग गुनासो गरेको बताइन्छ ।
उनले दलीय स्वार्थ अनुसार पक्ष विपक्षमा राष्ट्रपतिको संस्थालाई तान्न खोजेकामा गुनासो गरेकी हुन् । छलफलमा उनले संसदले गर्ने निर्णय अनुसार नै आफू अघि बढ्ने बताएकी थिइन् ।
सभापति देउवाले पनि राष्ट्रपति भण्डारीलाई नयाँ सरकार गठनबारे विवादमा नपर्न र सहजताको भूमिका खेल्न आग्रह गरेका थिए ।
सभापति देउवाले संसदको निर्णय जे आउँछ त्यही अनुसार नै अघि बढ्न राष्ट्रपतिलाई आग्रह गरेका थिए ।
देउवासँगको छलफलपछि राष्ट्रपति भण्डारीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेटवार्ता गरेकी हुन् ।
प्रतिक्रिया दिनुहोस्