
काठमाडौं, वैशाख १२ । काठमाडौंको खुलामञ्च अतिक्रमण भएको भन्दै ‘खुलामञ्चलाई खुला राखौं’ नामक अभियान सुरु गरिएको छ ।
काठमाडौं महानगरपालिकाले खुलामञ्चमा अस्थायी बसपार्क र टहरा निर्माणको अनुमति दिएका कारण खुलामञ्च अतिक्रमण भएको भन्दै यो अभियान सुरु गरिएको हो ।
बिहीबार खुलामञ्चमा उपस्थित स्थानीयवासी र सम्पदाप्रेमीले काठमाडौं महानगरपालिकाविरुद्ध प्रदर्शन गरे ।
खुलामञ्च अतिक्रमण हुँदा पनि महानगरपालिकाले बेवास्ता गरेकाले विरोधमा उत्रनुपरेको उनीहरुको भनाइ छ ।
यसअघि, खुलामञ्च अतिक्रमणको सन्दर्भमा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले उपमेयर हरिप्रभा खड्गीको नेतृत्वमा अनुगमन समिति बनाएको र समितिको प्रतिवेदनले दोषी ठहराए आवश्यक कारबाही गर्ने बताएका थिए ।
प्रतिक्रिया दिनुहोस्