२७ बैशाख २०८२, शनिबार | Sat May 10 2025


चन्द-माओवादीको बन्द: ६७ जना पक्राउ, ट्याक्सी र मिनी ट्रकमा आगजनी


0
Shares

काठमाडौं, साउन १० । नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले आह्वान गरेको नेपाल बन्दको प्रभाव काठमाडौंसहित देशभर आंशिक रुपमा परेको छ ।

सार्वजनिक सवारीका साधन कम चले पनि नीजि सवारी साधन भने निर्वाध चलिरहेका छन् ।

बन्दकर्ताले बिहानै राजधानीको मिनभवन र सामाखुसीमा दुई वटा ट्याक्सीमाथि आगजनी गरेका छन् ।

मिनभवन उकालो नजिक बा १ ज ५१६२ नम्बरको ट्याक्सीमा आगजनी गरिएको हो भने सामाखुसीमा बा १ ज २८६ नम्बरको ट्याक्सीमा आगजनी गरिएको हो ।

बन्दकर्ताले पेट्रोल छर्किएर आगो लगाएको प्रहरीले जनाएको छ । आगोले ट्याक्सी पूर्णरुपमा क्षतिग्रस्त भएको छ ।

चोक चोकमा प्रहरीको भने बाक्लो उपस्थिति रहेको छ । काठमाडौंबाट मात्र ६७ जना बन्दकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

यस्तै राजधानी बाहिरका मुख्य शहरहरु चितवन, पोखरा, बिराटनगर, कैलाली, कञ्चनपुर, बर्दियालगायतका स्थानमा भने बन्दको पूर्ण प्रभाव परेको छ ।

प्रहरीले विराटनगरमा बन्द गराउँदै हिँड्ने १० जना, पोखराबाट ६ जना र बर्दियाबाट ६ जना माओवादीका कार्यकर्ता नियन्त्रणमा लिएको जनाएको छ ।

उता, चितवनबाट काठमाडौंतर्फ औषधी ल्याउँदै गरेको एक मिनी ट्रकमा समेत बन्दकर्ताले आगजनी गरेका छन् । चितवनमा बन्दका बाबजुद पूर्व पश्चिम राजमार्गमा प्रहरीले स्कटिङ गरेर सवारी साधन सञ्चालनमा ल्याएको छ ।

राज्यले सुकुम्वासीको व्यवस्थापन गर्नुको साटो सुकुम्वासीको बिचल्ली बनाएको भन्दै चन्द नेतृत्वको माओवादीले बन्द आह्वान गरेको हो ।