
पोखरा, साउन १० । कास्कीको लेखनाथमा फेला परेको कुकर बम नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको छ ।
मजुवा र लामेआलको बीचमा आज बिहान वेवारिसे अवस्थामा बम फेला परेको थियो । पोखराबाट कालिभञ्याङ गण र सिद्धिबक्स गणबाट गएको सेनाको टोलीले बम डिस्पोज गरेको प्रहरीले जनाएको छ ।
कुकर बमबाट करिब १० मिटर लामो तारसमेत फेला परेको छ । ६ जनाको समूहमा आएकाहरुले बम राखेको स्थानीयले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्