२७ बैशाख २०८२, शनिबार | Sat May 10 2025


राष्ट्रपतिले देउवा, ओली र दाहाललाई शीतल निवास बोलाइन्


0
Shares

                                                                फाइल फोटो

काठमाडौं, साउन १० । राष्ट्रपति विद्यादेवी भण्डारीले बदलिँदो राजनीतिक परिस्थितिकाबारेमा परामर्श गर्न प्रमुख तीन दलका शीर्ष नेतालाई बोलाएकी छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार पदबाट राजीनामा दिएपछि नयाँ सरकार गठनका सम्बन्धमा छलफल गर्न राष्ट्रपति भण्डारीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई बोलाएकी हुन् ।

सोमबार दिउँसो ३ः३० बजे राष्ट्रपति भवन शीतल निवासमा हुने छलफलमा नयाँ सरकार गठन र संविधान कार्यान्वयन विषयमा केन्द्रित रहेर छलफल हुने बताइएको छ ।

यसअघि, राष्ट्रपति भण्डारीले बाधा अड्काउ आदेश जारी गर्नुपूर्व शीर्ष नेतासँग परामर्शसमेत लिएको बुझिएको छ । रासस