
फाइल फोटो
भोजपुर, साउन १० । लगातार पानी परेसँगै बाक्लो कुहिरो लागेपछि भोजपुरमा हवाई उडान बन्द भएको बताइएको छ ।
लगातारको वर्षात्सँगै हवाई मैदानमा बाक्लो कुहिरो लाग्नाले ९ दिनयता हवाई उडान हुन नसक्दा सर्वसाधारण निकै समस्यामा परेका छन् ।
खराब मौसमकै कारण गएको असार महिनामा नेपाल वायुसेवा निगमको तालिकाअनुसार भोजपुर–काठमाडौं १९ उडान हुनुपर्नेमा १४ उडानमात्र भएका थिए ।
त्यसैगरी, भोजपुर–विराटनगर १४ उडान हुनुपर्नेमा ८ उडानमात्र भएको भोजपुर विमानस्थलका वरिष्ठ अधिकृत विशाल वरुणले जानकारी दिए ।
असारमा सामान्य उडान भएपनि साउन महिना लागेयता कुनै उडान हुन नसकेको अधिकृत वरुणले बताए ।
उडान रद्ध भएसँगै जिल्ला अस्पताल भोजपुरले उपचारका लागि काठमाडौं पठाएका बिरामी सदरमुकाममै रोकिएका छन् ।
यसैबीच, भोजपुरमा नेपाल वायुसेवा निगम र तारा एअरले उडान भर्दै आएकामा तारा एअरको उडान डेढ महिनायता बन्द रहेको छ । रासस
प्रतिक्रिया दिनुहोस्