२५ बैशाख २०८२, बिहिबार | Thu May 8 2025


अमेरिकाको रात्री क्लबमा गोलीबारी, दुईजना मारिए, १६ बढी घाइते


0
Shares

काठमाडौं, साउन १० । अमेरिकाको फ्लोरिडास्थित एक रात्री क्लबमा सोमबार भएको गोलीबारीमा दुईजना मारिएका छन् ।

फोर्ट मायर्स सहरमा भएको घटनामा १६ भन्दा बढी घाइते भएका छन् । युवाका लागि आयोजित पार्टीमा यो घटना भएको स्थानीय अधिकारीहरुले जनाएका छन् । मारिएकाहरुको पहिचान भएको छैन ।

प्रहरीले घटनामा संलग्न भएको आशंका एकजनालाई पक्राउ गरेको छ । घटनामा दुईजनाको संलग्नता रहेको आशंका गरिएको छ ।

आक्रमण कसले किन गरायो भन्ने केही खुल्न सकेको छैन । (एजेन्सी)