
काठमाडौं, साउन १० । भारतमा फेरि एक विदेशी महिला सामूहिक बलात्कारको शिकार भएकी छन् ।
हिमाञ्चल प्रदेशको मनालीतर्फ जान चढेको कारमा उनी सामूहिक बलात्कार भएको बुझिएको छ ।
बलात्कारपछि प्रहरीमा उजुरी दिएकी ती महिलाले ट्याक्सी भनी झुक्किएर कार रोक्न पुगेको र सोही कारमा बलात्कार भएको बताएकी हुन् ।
कारमा ६ जना पुरुष रहेको र बलात्कारपछि आफूलाई बीचसडकमा छोडिएको पनि उनले बताएकी छन् । घटनालगत्तै भारतीय सुरक्षाकर्मीले अभियुक्तहरुको खोजी जारी राखेको छ ।
बलात्कारलगत्तै ती महिलाले आफनो देश इजरायलमा टेलिफोन गरी साथीहरुलाई पनि जानकारी गराएको बुझिएको छ ।
यसैबीच, इजरायल सरकारले घटनबारे उचित छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न भारत सरकारसँग अपील गरेको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्