
काठमाडौं, साउन १० । सन्चारमन्त्री शेरधन राईले नेकपा एमाले जनताको चाहनाअनुसार सरकारमा गएको र गर्वकासाथ सरकारबाट बाहिरिन लागेको बताएका छन् ।
सोमबार काठमाडौंमा आयोजित साक्षात्कारमा उनले अब बन्ने नयाँ सरकार कुन जगमा उभिन्छ र कसको आर्शिवादमा चल्छ सोहीअनुसारको व्यवहार एमालेले गर्ने बताए ।
त्यस्तै, कांग्रेस नेता रमेश लेखकले ‘अब नयाँ सरकारको काम संविधानलाई सर्वस्वीकार्य बनाउने र संविधान कार्यान्वयन गर्नु हो’–भने ।
नेकपा माओवादी केन्द्रका नेता देव गुरुङ अहिलेको आवश्यकता राष्ट्रिय सहमतिको सरकार भएकाले सकेसम्म राष्ट्रिय सहमतिको सरकारका लागि पहल गर्ने बताए ।
सद्भावना पार्टीका नेता लक्ष्मणलाल कर्णले नयाँ सरकारले आफ्ना मागहरु पूरा गर्ने प्रतिबद्धता जनाएमात्र समर्थन गर्ने बताए ।
प्रतिक्रिया दिनुहोस्