२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


कोसी ब्यारेजलाई बम हानेर उडाउने आइएसको धम्की ?


0
Shares

सुनसरी, साउन १० । आतंकवादी संगठन ‘आइएस’बाट ‘कोसी ब्यारेजलाई बम हानेर उडाउने धम्की’ दिएको भन्दै भारतीयहरुले चासो व्यक्त गरेपछि कोसी ब्यारेजमा सुरक्षाकर्मी तैनाथ गरिएको छ ।

भारतीय अधिकारीहरुले सुनसरीका प्रमुख जिल्ला अधिकारीलाई पत्र लेख्दै ‘आइएसको धम्कीको सूचना दिएको’ बताइएको छ ।

कोसी ब्यारेजमा सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी परिचालन गरी निगरानी बढाइएको बताइएको छ ।

भारत, बिहार राज्यस्थित हररिया जिल्लाका डीएम बैजनाथ यादवले सुनसरीका प्रमुख जिल्ला अधिकारीलाई फोनसम्पर्क गरी कोसी ब्यारेजमा सुरक्षा व्यवस्था कडा बनाउन अनुरोध गरेको बुझिएको छ ।

यद्यपि, आइएसको धम्कीको आधिकारिक पुष्टि भने हुन सकेको छैन ।