
काठमाडौं, साउन १० । सोमबार शेयरबजारमा उच्चसुधार आयो ।
अघिल्लो दिन ‘ब्रोकर कमिसन सिस्टम’मा अपडेट हुन नसक्दा कारोबार नै हुन सकेको थिएन ।
सोमबार भने शेयर बजार परिसूचक नेप्से ४० अंक बराबरले बढ्यो भने कारोबार पनि सवा दुई अर्ब पुग्यो । यसदिन नेप्से ३९ अंकले उकालो लागेर १८ सय ३८ बिन्दूमा पुगेको हो ।
जलविद्युत्बाहेक अरु सबै समूह सकारात्मक रहेसँगै नेप्से उकालो लागेको हो ।
यसदिन बीमा समूह सबैभन्दा उच्च ८३ अंकले बढ्योे । त्यस्तै, विकास बैंक समूह पनि ८१ अंकले उकालो लाग्यो । होटल समूह ४३ अंक र एवं वाणिज्य बैंक समूह पनि ४२ अंकले उक्लिए ।
जलविद्युत् समूहमा भने १२ अंकको गिरावट आयो ।
यसदिन नेपाल स्टक एक्सचेन्जमा १ सय ४७ कम्पनीको ४७ लाख बढी कित्ता शेयर २ अर्ब २४ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्