
काठमाडौं, साउन १० । सोमबार सुनको मूल्य ओरालो लाग्यो ।
अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा २ सय रुपैयाँले ओरालो लागेर ५८ हजार २ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार सुनको मूल्य तोलमा १ सय रुपैयाँले झरेर ५८ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
सोमबार चाँदीको मूल्य पनि १० रुपैयाँले घटेर ८ सय ८० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा सोमबार साँझसम्म सुन प्रतिऔंस १३ सय १६ डलर हाराहारीमा कारोबार भएको थियो ।
प्रतिक्रिया दिनुहोस्