
काठमाडौं, साउन ११ । राष्ट्रपति विद्या भण्डारीले सहमतीय सरकार गठनका लागि आह्वान गरेसँगै नेपाली कांग्रेसभित्र मन्त्री बन्न दौडधुप सुरु भएको छ ।
पटकपटक मन्त्री बनेका नेतासमेत दाबेदार बनेपछि युवाहरुले नयाँ अनुहारलाई अवसर दिन नेतृत्वलाई दबाब दिएका छन् ।
सरकार परिवर्तनको खेलसँगै सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्व नेताहरु कृष्णप्रसाद सिटौला, खुमबहादुर खड्का र विमलेन्द्र निधिको निवासमा मन्त्री हुन चाहनेको भीड लाग्न थालेको छ ।
कांग्रेस शीर्ष नेताहरुले पनि सरकारमा पठाउने व्यक्तिको विषयमा अनौपचारिक र प्रारम्भिक छलफल सुरु गरेका छन् । सो छलफल सुरु भएलगत्तै नेताहरुको दौडधुप सुरु भएको छ ।
सोमबार बिहान सभापति देउवा निवासमा उनी पक्षीय नेताहरुले अनौपचारिक छलफल गरे ।
मन्त्रीका आकांक्षीलाई मिलाउन राज्यमन्त्री र सहायक मन्त्रीसमेत राख्नुपर्ने सो बैठकले निष्कर्ष निकालेको छ ।
सभापति देउवा निकट केन्द्रीय सदस्य श्याम घिमिरेले अब बन्ने सरकारमा कांग्रेसबाट कम्तीमा आधाजसो नयाँ अनुहारका मन्त्री हुने पक्कापक्की भएको बताए । –राजधानी दैनिकबाट
प्रतिक्रिया दिनुहोस्