२७ बैशाख २०८२, शनिबार | Sun May 11 2025


एकीकृत राप्रपा : पार्टी एक तर अध्यक्ष दुई


0
Shares

काठमाडौं, साउन ११ । दुई समूहमा विभाजित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अब एकीकरण हुँदा पनि दुई अध्यक्ष नै रहने भएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबीच एकीकरण भएपछि एकीकृत पार्टीको नाम ‘राष्ट्रिय प्रजातन्त्र पार्टी’ हुनेछ । साथै सो पार्टीको राष्ट्रिय अध्यक्ष पशुपति शमशेर राणा र कार्यकारी अध्यक्ष कमल थापा हुने गरी एकीकरणको अवधारणा अघि सारिएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबीच एकीकरणका लागि सैद्धान्तिक सहमति भइसकेको छ भने संयुक्त महाधिवेशन आगामी चैत मसान्तसम्म गर्ने प्रस्ताव गरिएको छ । एकीकरण प्रक्रिया अघि बढाउने उद्देश्यले मंगलबार दुबै पार्टीको अलग–अलग बैठक बस्ने र एकीकरणका लागि गठित संयुक्त कार्यदलको एकीकरणसम्बन्धी प्रतिवेदनमा छलफल गरिने नेताहरुले जानकारी दिएका छन् ।

राप्रपाका वरिष्ठ नेता राणाले मंगलबार बस्ने केन्द्रीय समितिको बैठकमा एकताका लागि तयार गरिएको अवधारणापत्र प्रस्तुत भई छलफलपछि पारित हुने र औपचारिक एकताका लागि अघि बढ्ने बताए ।

उनले पार्टी एकता निश्चित भएको र पार्टीको अन्तरिम विधान बन्दै गरेकाले औपचारिक एकता हुन केही दिन लाग्ने बताए ।

राप्रपा अध्यक्ष लोकेन्द्रबहादुर चन्दले मंगलबार नै पार्टीको अध्यक्षता अब पार्टीका वरिष्ठ नेता राणालाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको नेता ठाकुरप्रसाद शर्माले बताए । –गोरखापत्र दैनिकबाट