२५ बैशाख २०८२, बिहिबार | Thu May 8 2025


पश्चिमी मुलुकका नागरिक अपहरण गर्न अल–कायदाको निर्देशन


0
Shares

काबुल, साउन ११ । अन्तर्राष्ट्रिय आतंकवादी संगठन अल–कायदाका प्रमुख नेता अयमन अल जवाहिरीले पश्चिमी मुलुकका नागरिक अपहरण गर्न आफ्ना लडाकुलाई निर्देशन दिएका छन् ।

पश्चिमी मुलुक ‘इस्लाम विरोधी’ भन्दै उनले ‘इस्लामका दुश्मन’ लाई अपहरण गर्न आदेश दिएका हुन् । एक अडियो सन्देश जारी गर्दै उनले जेलमा रहेका जेहादीहरुलाई रिहा गराउनका लागि पश्चिमा मुलुकका नागरिक अपहरण गर्नुपर्ने बताए । उनले पश्चिमा नागरिकलाई अपहरण गरी फिरौती स्वरुप जिहादीलाई रिहा गराउन सकिने पनि बताएका छन् ।

उनले भनेका छन्, ‘दुश्मनविरुद्ध अपहरण एउटा शक्तिशाली हतियार हुन सक्छ ।’

अल–कायदाका प्रमुख नेता ओसामा विन लादेन मारिएपछि सन् २०११ देखि जवाहिरीले सो संगठनलाई नेतृत्व गर्दै आएका छन् ।

उनी अफगानिस्तान र पाकिस्तानको सीमा क्षेत्रमा बस्दै आएको अनुमान गरिएको छ । (एजेन्सी)