२७ बैशाख २०८२, शनिबार | Sun May 11 2025


बाधा अड्काउ फुकाउने आदेश अनुमोदन हुँदै


0
Shares

                                                                 फाइल फोटो

काठमाडौं, साउन ११ । व्यवस्थापिका संसदको मंगलबारको बैठकमा सभामुख ओनसरी घर्तीले राष्ट्रपति कार्यालयबाट सदनलाई प्राप्त पत्रको बेहोरा वाचन गरी सुनाइन् ।

राष्ट्रपति कार्यालयबाट जारी सो पत्र संविधानको धारा ३०५ अनुसार बाधा अड्काउ फुकाउनेसम्बन्धी थियो ।

यसैगरी, मंगलबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अग्निप्रसाद खरेलले संविधानको धारा ३०५ बमोजिम राष्ट्रपतिबाट जारी भएको बाधा अड्काउ फुकाउने आदेश सदनसमक्ष पेस गरे ।

सो आदेशलाई मंगलबार छलफल गरी अनुमोदन गर्ने कार्यक्रम छ । सदनको बैठक आधाघन्टाका लागि स्थगन भएको छ । रासस