भारतद्धारा कोसी ब्यारेजका सबै ढोका खोल्न आनाकानी, स्थानीय आतंकित (भिडियो) « Imagekhabar – Online News Portal of Nepal
२३ श्रावण २०७९, सोमबार | Mon Aug 8 2022


भारतद्धारा कोसी ब्यारेजका सबै ढोका खोल्न आनाकानी, स्थानीय आतंकित (भिडियो)


0
Shares

रत्नप्रसाद आचार्य (इमेज)
सुनसरी, साउन ११ । सप्तकोसीमा पानीको बहाव यो वर्षकै उच्च भएको छ ।

मंगलबार बिहान १० बजे सप्तकोसीमा पानीको बहाव मापन गर्दा प्रतिसेकेन्ड २ लाख ६४ हजार ७ सय क्युसेक पुगेको सुनसरीका प्रहरी प्रमुख एसपी पोषराज पोखरेलले जानकारी दिए ।

पानीको बहाव बढेपछि कोसी ब्यारेजका ५६ मध्ये ३५ ढोका खोलिएका छन् ।

सप्तकोसीमा पानीको बहाव १ लाख ५० हजार क्यूसेक नाघेपछि खतरा मानिन्छ । सप्तकोसीमा पानीको बहाव उच्च हुँदासमेत भारत सरकारले कोसी ब्यारेजका सबै ढोका खोल्न आनाकानी गरेको छ ।

सप्तकोसीमा पानीको बहाव उच्च भएपछि कोसी ब्यारेजको दुबैतर्फ खतराको संकेतस्वरुप रातोबत्ती बालिएको छ ।

भारत सरकारको नियन्त्रणमा रहेको कोसी ब्यारेजमा पानीको बहाव उच्च हुँदासमेत ब्यारेजका सबै ढोका नखोलिएपछि सुनसरीका महेन्द्रनगर, प्रकाशपुर, मधुवन, श्रीपुर, हरिपुरलगायतका सर्वसाधारण आतंकित भएको कोसीपीडित संघर्ष समितिका सचिव बाबुराम कार्कीले बताए ।

भिडियो हेर्नुहोस्