
फाइल फोटो
काठमाडौं, साउन ११ । व्यवस्थापिका–संसदमा राष्ट्रपतिबाट जारी भएको बाधा अड्काउ फुकाउने आदेशमाथि छलफलमा बोल्नेक्रममा नेपाली कांग्रेसका सुरेन्द्रप्रसाद चौधरीले अशिष्ट भाषा प्रयोग गरेपछि सभामुख ओनसरी घर्तीले उनको त्यस भनाइलाई अभिलेखबाट हटाउन निर्देशन दिएकी छन् ।
सांसद चौधरीले एमालेका उपनेता सुवास नेम्वाङलाई ‘ग्याङको नेता’ भनी सम्बोधन गरेपछि एमालेका सांसदले उठेर नियमापत्ति गरेका थिए ।
त्यसपछि सभामुखसँग समय लिइ एमालेका कृष्णभक्त पोखरेलले चौधरीले अमर्यादित भाषा प्रयोग गरेको भनी आलोचना गरेका थिए ।
त्यसपछि सभामुख घर्तीले सबै सदस्यलाई शिष्ट र मर्यादित भाषा प्रयोग गर्न निर्देशन दिएकी थिइन् । रासस
प्रतिक्रिया दिनुहोस्