
काठमाडौं, साउन ११ । गाउँ पर्यटन प्रर्वद्धन मञ्च (भिटोफ नेपाल)को यहि साउन १६ गते हुन लागेको साधारणसभासँगै निर्वाचनका लागि मंगलबार मनोनयन दर्ता भएको छ ।
अध्यक्षमा कमल सापकोटा, प्रथम उपाध्यक्षमा राम घले, द्धितीय उपाध्यक्षमा दीपक दाहाल, महासचिवमा बासुदेव पाण्डे, सचिवमा जस्था पाण्डे र आशुतोष प्रधान, कोषाध्यक्षमा दीपक खनाल र गगनराज न्यौपाने, सहकोषाध्यक्षमा कृष्णबहादुर सुवेदीले मनोनयन दर्ता गराएका छन् ।
त्यसैगरी, सदस्यहरुमा हरिचन्द्र गैरे, सन्जिब श्रेष्ठ कुलप्रसाद सुवेदी, जंगबहादुर लामा र प्रकाश अर्यालले मनोनयन दर्ता गराएका छन् ।
मनोनयन दर्ताका लागि मंगलबार साढे ४ बजे सम्मको समय तोकिएको थियो ।
सचिव र कोषाध्यक्ष पदबाहेक सबै पदमा निर्विरोध हुने पक्का भएको छ भने सचिव र कोषाध्यक्ष पदमा दुई–दुईजनाको उम्मेदवारी परेपनि मंगलबार बिहान भएको पर्यटन राजनीतिक संगठनको समझदारीअनुसार बुधबारसम्म कुनै दुईजना निर्विरोध हुने पनि बुझिएको छ ।
दुईजना सदस्य मनोनीत भने निर्वाचित कार्यसमितिले गर्ने प्रावधान रहेको छ ।
प्रतिक्रिया दिनुहोस्