६ श्रावण २०८२, मंगलबार | Wed Jul 23 2025


शेयरबजार ‘बुलिस ट्रेन्ड’मा, एकैदिन पौने ३ अर्बको कारोबार


0
Shares

काठमाडौं, साउन ११ । मंगलबार पनि शेयरबजारमा ‘बुलिस ट्रेन्ड’ कायमै रह्यो । कारोबार पनि हालसम्मकै उच्च पौने ३ अर्बको नयाँ रेकर्ड कायम भयो ।

नेप्से २८ अंकले उकालो लागेर १८ सय ६६ पुग्यो । कारोबार भएका अधिकांशजसो समूह सकारात्मक रहेसँगै नेप्से सुधारिएको हो ।

होटल समूहमा सबैभन्दा उच्च ७६ अंकको सुधार आयो । विकास बैंक समूह पनि ७३ अंकले बढ्यो । बीमा समूहमा ३१ अंकको बृद्धि आयो । जलविद्युत् समूह पनि ३० अंकले सुध्रियो ।

वाणिज्य बैंक समूह पनि २७ अंकले उकालो लाग्यो । वित्त समूह पनि २२ अंकले सुधारियो । उत्पादनमूलक समूह भने ६४ अंकले ओरालो लाग्यो ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १ सय ४३ कम्पनीको ५८ लाख बढी कित्ता शेयर २ अर्ब ७५ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।