रवि पन्त (इमेज)
भैरहवा, साउन ११ । भन्सार कार्यालयहरूमध्ये भैरहवा भन्सार कार्यालयले सबैभन्दा बढी राजस्व संकलन गर्न सफल भएको छ ।
भैरहवा भन्सार कार्यालयले आर्थिक वर्ष ०७२/०७३ मा ६१ अर्ब ९१ करोड रुपैयाँ राजस्व संकलन गरेको जनाएको छ ।
मधेस आन्दोलन र भारतले नेपालविरुद्ध लगाएको नाकाबन्दीमा करिब ६ महिना ठप्प भएपछि वीरगन्ज भन्सार कार्यालयलाई भैरहवा भन्सार कार्यालयले राजश्व संकलनमा उछिनेको जनाइएको छ ।
सामान आयात्को मात्रा अत्यधिक बढेपछि त्यसको लाभ भैरहवाले पाएको हो ।
इतिहासमै पहिलोपटक योवर्ष सर्वाधिक भन्सार राजस्व संकलन गरेर मुलुकको पहिलो भन्सार कार्यालयकोरुपमा स्थापित भएको कार्यालयले दाबी गरेको छ ।





प्रतिक्रिया दिनुहोस्