६ श्रावण २०८२, मंगलबार | Wed Jul 23 2025


नेपाल–अमेरिका आर्थिक विकासमा जोड


0
Shares

काठमाडौं, साउन ११ । नेपाल अमेरिकाबीच आर्थिक व्यवसायिक सम्बन्ध विस्तार एवं अमेरिकी सरकारले उपलब्ध गराएको गार्मेन्टको कोटा सुविधाको उपयोगमा जोड दिइएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष भवानी राणा र अमेरिकन सरकारको ब्युरो अफ इन्टरनेसनल इन्फरमेसन प्रोग्राम्सका संयोजक म्याकोन फिलिप्सबीच मंगलबार महासंघमा भएको भेटकाक्रममा उक्त जोड दिइएको हो ।

भेटमा उपाध्यक्ष राणाले नेपालको नेपालको वर्तमान औद्यौगिक व्यवसायबारेमा जानकारी गराएकी थिइन् ।

उनले नेपालको व्यवसायिक कृषि, जलस्रोत, पर्यटन, पूर्वाधार निर्माण, खानी तथा खानीजन्य क्षेत्रमा लगानीको प्रशस्त सम्भावना रहेको भन्दै नेपालमा लगानी विस्तारमा अमेरिकी सहयोगको अपेक्षा गरिएको बताइन् ।

अमेरिकन सरकारको ब्युरो अफ इन्टरनेसनल इन्फरमेसन प्रोग्राम्सका संयोजक फिलिप्सले नेपालको विकास प्रयासमा अमेरिकाले सहयोग गर्न पाएकोमा खुसी व्यक्त गर्दै अमेरिका र नेपालबीचको सहयोग सम्भाव्यताबारे जानकारी लिएको महासंघले जनाएको छ ।