११ चैत्र २०७९, शनिबार | Sat Mar 25 2023


सेयरबजारमा दोहोरो अंकको सुधार, कारोबार पनि अर्ब बराबर


0
Shares

काठमाडौं, वैशाख ११ । बुधबार सेयरबजारमा दोहोरो अंकको सुधार आयो । कारोबार पनि अर्ब बराबर पुग्यो ।

बजार परिसूचक नेप्से १९ अंकले उकालो लागेर १२ ससय ७९ पुग्यो ।

जलविद्युत् र उत्पादनमूलकबाहेक अरु सबै समूह सकारात्मक रहेसँगै नेप्सेमा उल्लेख्य सुधार आएको हो ।

होटल समूहमा सबैभन्दा उच्च ६० अंकको वृद्धि आयो । विकास बैंक समूह ३९ अंकले उकालो लाग्यो । वाणिज्य बैंक समूहमा २७ अंकको सुधार आयो । बिमा समूहहरु पनि दोहोरो अंकले सुधारिँदा अरु सामान्य अंकले हरियो रहे ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १७२ कम्पनीका ३४ लाख बराबर कित्ता सेयर ९५ करोड रुपैयाँमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।