३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025


डा. रोशना अमात्यको आत्मकथा सार्वजनिक


0
Shares

काठमाडौं, वैशाख ११ । वरिष्ठ चिकित्सक डा. रोशना अमात्यको आत्मकथा ‘चिकित्सा क्षेत्रकी नारी म संघर्ष र सन्तुष्टिको जीवन’ सार्वजनिक भएको छ ।

बुधबार ललितपुरमा आफ्नो भीमरथारोहणका अवसरमा अमात्यले आत्मकथा सार्वजनिक गरेकी हुन् ।

वरिष्ठ चिकित्सकद्वय डा. गौरीशंकर लाल दास र डा. त्रिरत्नमान तुलाधरले संयुक्तरुपमा आत्मकथा विमोचन गरेका हुन् ।

सो अवसरमा वरिष्ठ चिकित्स डा. नरेन्द्रबहादुर राणालाई सम्मानसमेत गरिएको थियो ।

अमात्यले आफूले चिकित्सा पेसामा गरेको संघर्षबारे नयाँपुस्तालाई थाहा दिने उद्देश्यले आत्मकथा लेखेको बताइन् ।

कार्यक्रममा वरिष्ठ चिकित्सकहरु डा. महेश खकुरेल, डा.जगदीश अग्रवाल र देवेन्द्रबहादुर प्रधानले रोशना अमात्य स्वास्थ्य क्षेत्रको जीवित इतिहास भएको बताएका थिए ।