बिजुक्छेले लगाए कांग्रेस–माओवादी केन्द्रलाई गम्भीर आरोप « Imagekhabar – Online News Portal of Nepal
१ भाद्र २०७९, बुधबार | Thu Aug 18 2022


बिजुक्छेले लगाए कांग्रेस–माओवादी केन्द्रलाई गम्भीर आरोप


0
Shares

भक्तपुर, साउन १२ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले चुनाव नगर्ने र मुलुकलाई शून्यताको अवस्थामा पुर्‍याउने उद्देश्यकासाथ नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र मिलेर सरकार बनाउन लागेको आरोप लगाएका छन् ।

बुधबार भक्तपुरमा रफत सन्चार क्लबले गरेको साक्षात्कारमा उनले छिमेकीसँगको सल्लाहमा चुनाव नगर्ने र नेपाललाई असफल बनाउने उद्देश्यले कांग्रेस–माओवादी केन्द्रको गठबन्धन बनेको दाबी गरे ।

माओवादी अध्यक्ष पुष्पकमल दाहालको दोहोरो भूमिकाले नेपाली राजनीतिलाई जटिलतातर्फ धकेलेको बिजुक्छेको भनाइ थियो ।