Logo १९ आश्विन २०८३, सोमबार | Mon Oct 5 2026


तीन सय घरमा एक सातादेखि विद्युत् आपूर्ति बन्द


0
Shares

                                                      फाइल फोटो
तेह्रथुम, साउन १२ । तेह्रथुमको लालीगुराँस नगरपालिकामा एक सातादेखि विद्युत् अवरुद्ध भएको छ ।

लालीगुराँस नगरपालिकाका विभिन्न वडाका करिब तीन सय घरमा विद्युत् आपूर्ति बन्द रहेको हो ।

परियोजनाको पावर हाउसनजिकै रहेको पेन्स्टक पाइप वर्षाका कारण भासिएपछि विद्युत् अवरुद्ध भएको परियोजनाका प्राविधिक चिरण लिम्बूले बताएका छन् ।