
काठमाडौं, साउन १२ । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले निर्वाचनसम्बन्धी कानुन र निर्वाचनको मिति टुंगो लागेमा आगामी मंसिरमा स्थानीय तहको निर्वाचन गराउन सकिने बताएका छन् ।
बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले कानुनको अभावमा र स्थानीय तहको संख्या र सीमा निर्धारण टुंगो लाग्न बाँकी रहेकाले निर्वाचनको तयारी गर्न अप्ठेरो भैरहेको बताए ।
प्रतिक्रिया दिनुहोस्