
काठमाडौं, साउन १२ । जेष्ठ नागरिकहरुले सामाजिक सुरक्षाअन्तर्गत् सरकारले दिने जेष्ठ नागरिक भत्ता मासिक पाँच हजार पुर्याउन सरकारसँग माग गरेका छन् ।
अग्रज समाज नेपालले बुधबार राजधानीमा गरेको कार्यक्रमका सहभागीहरुले जेष्ठ नागरिकहरुको औषधि–उपचार सरकारी अस्पतालमा निःशुल्क गरिनुपर्ने र निजी अस्पतालहरुमा ५० प्रतिशत छुट दिनुपर्नेमा जोड दिए ।
उनीहरुले सार्वजनिक यातायातमा ५० प्रतिशत छुटको माग राख्दै धर्नाकाक्रममा मृत्यु भएका जेष्ठ नागरिकहरुलाई सहिद घोषणा गर्नुपर्ने मागसमेत गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्