
फाइल फोटो
काठमाडौं, साउन १२ । कैलालीको टीकापुर घटनाबारे एम्नेस्टीले जारी गरेको प्रतिवेदनप्रति नेपाल प्रहरीले असन्तुष्टि जनाएको छ ।
नेपाल प्रहरीले बुधबार विज्ञप्ति जारी गर्दै वरिष्ठ प्रहरी उपरीक्षकसहित ८जना सुरक्षाकर्मी र एक नाबालकको मृत्यु भएको घटनामा पक्राउ परेकाहरुलाई मानसिक र शारीरिक याताना दिएको भन्ने प्रतिवेदन आधारहीन भएको बताएको हो ।
प्रतिवेदनमा दाबी गरिएजस्तो थुनुवाको मानवअधिकार हनन्मा कहीँ–कतै उल्लंघन नगरिएको पनि प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्