Logo ७ पुस २०८२, सोमबार | Mon Dec 22 2025


शेयरबजारमा दोहोरो अंकको सुधार जारी, सवा २ अर्ब बढीको कारोबार


0
Shares

काठमाडौं, साउन १२ । बुधबार पनि शेयरबजारमा दोहोरो अंकको सुधार जारी रह्यो । यसदिन पनि सवा २ अर्ब बढीको कारोबार भयो ।

उतार–चढावबीच बजार परिसूचक नेप्से १४ अंकले उकालो लागेर १८ सय ८१ मा पुग्यो । कारोबार भएकामध्ये बढीजसो समूह सकारात्मक रहेसँगै नेप्से सुधारिएको हो ।

होटल, जलविद्युत्, विकास बैंक, वाणिज्य बैंक र वित्त समूह सुधारिए । होटल समूहमा १ सय ९५ को उच्चबृद्धि आयो ।

जलविद्युत् समूह पनि ४५ अंकले बढ्यो । विकास बैंक समूहमा ३३ अंक र वाणिज्य बैंक समूहमा १५ अंकको सुधार आयो । बीमा, उत्पादनमूलक र अन्य समूहमा भने गिरावट आयो ।

बीमा समूहमा २३ अंकको कमी आयो भने उत्पादनमूलक समूहमा १३ अंकको कमी आयो । अन्य समूह ७ अंकले ओरालो लाग्यो ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १ सय ४८ कम्पनीको ४९ लाख बराबर कित्ता शेयर २ अर्ब २६ करोड रुपैयाँमा कारोबार भएको एक्सचेन्जले जनाएको छ ।