
कविराज घिमिरे/ प्रकाश धौलाकोटी (ईमेज)
धनकुटा/तेह्रथुम, साउन १३ । तेह्रथुम र धनकुटाको सीमावर्ती सिधुवा बजार नजिकै बिहीबार दिउँसो बस दुर्घटना हुँदा ७ जनाको घटना स्थलमै मृत्यु भएको छ ।
बाँकी ३५ जना बढी घाइते भएका छन् । मृतकहरुको सनाखत हुन बाँकी रहेको छ । संखुवासभाको मुढशनिश्चरेबाट धरानतर्फ जाँदै गरेको बा २ ख ७३६६ नं. को बस दिउँसो करिब साढे १२ बजे दुर्घटना भएको हो ।
दुर्घटनामा परी ३ पुरुष, २ महिला र एकजना दुई वर्षको बच्चाको घटना स्थलमै ज्यान गएको घटना स्थलमा रहेका ट्राफिक प्रहरी जवान डिकबहादुर कार्कीले जानकारी दिए ।
घाइतेमध्ये अधिकांश गम्भीर रहेको र उनीहरुलाई उपचारकालागि धनकुटा र धरानका अस्पतालतर्फ लगिएको उनले बताए । सडकबाट अन्दाजी ५० फिट तल खसेकाले बस क्षत्विक्षत् अवस्थामा रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्