२० असार २०८२, शुक्रबार | Sat Jul 5 2025


राहत र पुनःस्थापनामा कुनै कसर बाँकी नराख्नोस् : राष्ट्रपति


0
Shares

                                                           फाइल फोटो
काठमाडौं, साउन १३ । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकमा उत्पन्न प्राकृतिक प्रकोपबाट विस्थापित परिवारलाई राहत र पुनःस्थापनामा कुनै कसर बाँकी नराख्न सररकारसँग आग्रह गरेकी छन् ।

राष्ट्रपति भण्डारीले विहीबार उपप्रधानमन्त्री तथा गृहमन्त्री भीमबहादुर रावलसँग राष्ट्रपति भवनमा भेटी सो आग्रह गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

सो अवसरमा उपप्रधानमन्त्री रावलले केही दिनदेखि मुलुकका विभिन्न ठाउँमा परेको अविरल वर्षाका कारण आएको बाढी–पहिरो तथा डुबानबाट भएको क्षति तथा राहत र उद्धारमा सरकारबाट भएका कामबारे राष्ट्रपतिलाई जानकारी गराएका थिए ।

सो अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुनकोसमेत उपस्थिति थियो । रासस