Logo १० बैशाख २०८३, बिहिबार | Thu Apr 23 2026


पशुपतिनाथ मन्दिर विश्वसम्पदा सूचीबाट हट्ने खतरा, यस्तो छ चेतावनी (भिडियो रिपोर्ट)


0
Shares

प्रतीक लामिछाने/भरत केसी (इमेज)
काठमाडौं, साउन १३ । विश्वभरका हिन्दू धर्मावलम्बीहरुको आस्थाको केन्द्र पशुपतिनाथ मन्दिर विश्वसम्पदा सूचीबाट हट्ने खतरा बढेको छ ।

विगतमा कुनै राजनीतिक दल र कुनै व्यक्ति विशेषको निहीत स्वार्थका लागि खोलिएको ‘तिलगंगा ताम्रमार्ग’ बन्द गर्न युनोस्कोले पटक–पटक चेतावनी दिएपनि यसतर्फ सरोकारवाला निकायको ध्यान नदिनु नै यसको प्रमुख कारक रहेको बताइन्छ ।

माओवादी नेतृ हिसिया यमी भौतिक योजना तथा निर्माणमन्त्री भएकाबेला सन् २००७ मा पशुपतिनाथ मन्दिरको दक्षिणपूर्व तिलगंगाबाट उत्तरपूर्वमा रहेको गुह्येश्वरीतर्फ निस्कने करिब ८ सय ३० मिटर लामो गोरोटो बाटोलाई १० फिट चौडा गरिएको थियो ।

संस्कृति मन्त्रालय, पुरातत्व विभाग तथा पशुपति क्षेत्र विकास कोषलगायतको अनुमति नै नलिइ यो सडक विस्तार भएको भन्दै त्यति नै बेला यसको विरोध पनि भएको थियो भने युनोस्कोले तत्काल यो सडक बन्द गर्न नेपाल सरकारलाई सचेत गरएको थियो ।

त्यतिमात्र हैन, अन्यथा पशुपतिनाथ क्षेत्रलाई खतराको सूचीमा राख्न सकिनेतर्फ ध्यानाकर्षणसमेत गराएको थियो ।

सन् २०११ मा युनेस्कोको मिसनले २०१३ फेब्रुअरीसम्म बाटो बन्द गर्न पुनः सचेत गराएको थियो ।

तर, करिब १० वर्षअघिदेखि युनोस्कोले दिएको चेतावनीविपरीत चलिरहेको यो सडक बन्द गर्नेतर्फ ध्यान नदिएपछि अहिले पशुपतिनाथ क्षेत्रलाई नै विश्वसम्पदा सूचीबाट हटाइन सक्नेसम्मको खतरा बढाइदिएको छ ।

यस्ता सम्पदाको मौलिकस्वरूप परिवर्तन गर्न नपाइने युनेस्कोको मापदन्डविपरीत यो सडक निर्माण र सन्चालन जारी रहेपछि हालै टर्कीमा भएको युनेस्कोको ४०औं सम्मेलनले फेरिपनि यो सडक बन्द गर्न नेपाललाई चेतावनी दिएको छ । एक रिपोर्ट (विस्तृत भिडियोमा हेर्नुहोस्)

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्